|

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।

घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।

मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।

दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादुर तामाङ र उनका छोरा जयराम तामाङ सहितको समूहको संलग्नता रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा खोजी गरिहेको प्रहरीले ज्ञानबहादुरलाई रामेछाप र जयरामलाई काभ्रेको धुलिखेलबाट पक्राउ गरेको थियो।

प्रहरीले गत शनिबार बाबुछोरालाई पक्राउ गरेसँगै उनीहरूले दिएको सूचना तथा वयानको आधारमा घटनाका मुख्य अभियुक्त लामालाई पनि पक्राउ गरेको हो। मुख्य अभियुक्त लामालाई जिल्ला अदालत रामेछापबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.