|

काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोडका बचतकर्ताहरूले रकम फिर्ता माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। बिहीबार बचतकर्ताहरूले सहकारीका निर्णायक सल्लाहकार तथा पूर्व-अध्यक्ष इच्छाराज तामाङलगायतले आफूहरूले बचत गरेको रकम हिनामिना गरेको भन्दै विरोध गरेका हुन्।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्था लिमिटेडको पीडित समूहका संयोजक उज्ज्वल सत्यालका अनुसार निर्णायक सल्लाहकार तामाङ र उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका कोषाध्यक्ष केशव लाल श्रेष्ठ समेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख बढी पैसा गैरकानुनी रूपमा ठूला हाउजिङ बनाउन ऋण दिएको छ।

संयोजक सत्यालका अनुसार दुई हजार बढी बचतकर्ताहरू ठगिएर पीडित बनेका छन्। ‘हामीले खाइनखाइ पछि औषधोपचारका लागि पैसा बचत गरेका थियौँ,तर पैसा हिनामिना भयो,बचत गरेको रकम माग गर्दा पनि हामीले पाएका छैनौँ,’उनले भने।

दुई वर्षदेखि बचतकर्ताले उक्त रकम नपाएको उनले बताए। इच्छाराजविरुद्ध मुद्‍दा जाहेरी भएपछि उनीसहित हाल १२ जना थुनामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.