|

बझाङ : दार्चुलामा बालविवाह  गर्नु ठिक कि बेठिक भनी मतदान सुरु गरिएको छ।

उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुईवटा वडामा मतदान कार्यक्रम गरिएको हो। त्यहाँका बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो वा नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको छ।

बुधबार मालिकार्जुन–२ को राष्ट्रिय मावि ठिङमा गुडनेवर्स इन्टरन्याशनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनीकरणका लागि मतदान सुरु गरिएको आयोजकसमेत रहेको ग्रामीण विकास समाज नेपाल दार्चुलाकी सहजकर्ता बिस्ना धामीले बताइन्।

मतदानमा २०८ जनाले बालविवाह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेको धामीले बताइन्। जम्मा खसेको २२० मतमध्ये २ मत बदर भएको थियो। बिहीबार गाउँपालिकाको वडा नम्बर ३ मा मतदान कार्यक्रम सञ्चालन भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.