|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। 

बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वको चुनावी कार्यक्रम सार्वजनिक गर्दै केन्द्रीय निर्वाचन समितिले अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ लाग्ने जनाएको हो। 

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ। 

निर्वाचन कार्यक्रम अनुसार शुक्रबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि कमल थापा र राजेन्द्र लिङ्देन दुवैले दाबी नछाडेकाले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको संभावना बढेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.