|

काठमाडौं : सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुका विक्रम कार्की र सोही ठाउँका सुमन कार्की रहेको ब्यूरोले जनाएको छ।

उनीहरूले दोलखा गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट एक लाख ८५ हजार लुटेको प्रहरीले जनाएको छ।

कार्कीद्वयले खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ। सहकारीबाट लुटिइएको रकममध्ये बाँकी रकम १ लाख ३८ हजार २३५ रुपैयाँसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ।

उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि दोलखा पठाउने तयारी भइरहेको ब्यूरोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.