|

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका विरामी फेला परेका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई उद्धृत गर्दै भारतको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा पाँच गुणा बढी खतरनाक भएको बताएको छ। यसको संक्रमणदर अत्यधिक रहेको बताइएको छ। 

अहिलेसम्म २९ देशमा ओमिक्रोन भेरियन्टबाट संक्रमित बिरामी पहिचान भइसकेका छन् र डब्लुएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको श्रेणीमा राखेको छ। यस प्रकारबाट संक्रमित बिरामी पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो।

मेदान्ता अस्पतालका संस्थापक डा. नरेश त्रेहानले यो भेरियन्टको गम्भीरताबारे जानकारी दिँदै कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक व्यक्तिले १८ देखि २० जनासम्म स‌ंक्रमित गराउन सक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.