|

दक्षिण अफ्रिकामा अन्वेषकहरूले मंसिर ८, २०७८ (२४ नोभेम्बर, २०२१) मा कोभिड-१९ को नयाँ स्वरूप (भेरियन्ट) फेला पारे। यसलाई ओमिक्रोन नाम दिइयो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दुई दिनपछाडि ‘चिन्तावाला स्वरूप’ (भेरियन्ट अफ कन्सर्न) भएको घोषणा गर्‍यो।

कोरोना भाइरसको प्रकृतिको हिसाबले ओमिक्रोन धेरै फरक छ। सार्स-कोभ-२ (SARS-CoV-2) को यो अहिलेसम्मकै सर्वाधिक उत्परिवर्तित रूप हो।

यसको आनुवंशिक संरचनामा कुल ५३ उत्परिवर्तन (म्यूटेशन) छन् र एक्लै स्पाइक प्रोटिनमा मात्र ३२ उत्परिवर्तन छन्।

स्पाइक प्रोटिन भनेको सार्स-कोभ-२ भाइरसका बाहिर निक्लिएका गाँठा हुन्, जसले भाइरसलाई कोषिकाहरूमा टाँसिन सहयोग गर्छ ताकि यो कोषिकाभित्र पस्न सकोस्।

यदि भाइरसको स्वरूपसँग तुलना गर्ने हो भने डेल्टा स्वरूपमा नौवटा उत्परिवर्तन थिए।

ओमिक्रोनमा धेरै उत्परिवर्तन हुनुको मतलब यो धेरै संक्रामक छ वा प्रतिरोधात्मक क्षमतासँग लड्न बढी सक्षम छ।

पेशाले भाइरोलोजिस्ट सुरेश वी कुचिपुडीको अनुसन्धान समूहले जनावरहरूमा फैलिएको कोभिड-१९ लगायत विभिन्न पक्षको अध्ययन गरिरहेको छ।

किन सार्स-कोभ-२ का नयाँ नयाँ रूप देखा पर्छन्?

यसका लागि एउटा सम्भावित व्याख्या यो हो कि कमजोर प्रतिरक्षा प्रणाली भएको बिरामीमा लामो समयसम्म रोगको कारणले धेरै उत्परिवर्तन हुन सक्छ। यो भाइरसको क्रमिक विकास हुन सक्ने एउटा अवस्था हो।

अन्वेषकहरूका अनुमानअनुसार पहिलेका केही सार्स-कोभ-२का अल्फा स्वरूप जस्तै लगातार संक्रमित भएका बिरामीबाट अरु स्वरूपहरू उत्पन्न हुन सक्छ भन्ने थियो।

यद्यपि ओमिक्रोनको कैयौँ उत्परिवर्तनले यो पुराना स्वरूपभन्दा फरक भएको देखिन्छ र यो कसरी आयो भन्ने प्रश्न उठेको छ।

भाइरसको स्वरूपको अर्को सम्भाव्य स्रोत जनावर हुन सक्छन्। जुन भाइरसबाट कोभिड-१९ हुन्छ‚ त्यो भाइरसले बाघ, सिंह, बिरालो र कुकुरलगायत धेरै प्रजातिका जनावरलाई संक्रमित गर्न सक्छ।

अन्वेषकहरूले भनेका छन् कि यसबारे गरिएको एउटा अध्ययनको अहिलेसम्म समीक्षा नगरिएको बताएका छन्।

एक अन्तरराष्ट्रिय टोलीले हालै अमेरिकामा सेतो पुच्छर भएका मृगहरू व्यापक रूपमा संक्रमित भएको पत्ता लगाएको छ।

त्यसैले ओमिक्रोन भेरियन्ट जनावरबाट निस्कने सम्भावना नकार्न सकिँदैन।

अध्ययनबाट पत्ता लाग्यो कि सार्स-कोभ-२ को मूल र प्रारम्भिक भेरियन्टको तुलनामा डेल्टाबाट संक्रमित बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै थियो।

ओमिक्रोन डेल्टाभन्दा ज्यादा खतरनाक हुनेछ त?

यद्यपि ओमिक्रोन डेल्टाभन्दा पनि बढी संक्रामक र भयावह छ अहिले नै भनिहाल्नु हतार हुनेछ। ओमिक्रोनमा केही उत्परिवर्तन डेल्टाका पनि छन् तर त्यहाँ अन्य भेरियन्टका उत्परिवर्तनहरू पनि छन्, जुन एकदम फरक छन्।

तर अनुसन्धाताहरू ओमिक्रोनको बारेमा चिन्तित हुनुको एउटा कारण यो हो- यसमा रिसेप्टर बाइन्डिङ डोमेनमा १० उत्परिवर्तन छन् (स्पाइक प्रोटिनको त्यो भाग जसले कोषिकाहरूमा प्रवेश गर्न मध्यस्थको भूमिका खेल्छ)।

डेल्टामा भने दुईवटा मात्रै उत्परिवर्तन थिए।

ओमिक्रोन भेरियन्ट सार्स-कोभ-२ को अन्तिम स्वरूप होइन र यसका अरू धेरै स्वरूप आउने सम्भावना रहेको आशंका गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.