|

झापा : ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–९ का ४३ वर्षीय सम्पत् राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौला पुल नजिकको पेट्रोल पम्प अगाडि बिहीबार दिउँसो बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो। सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ का ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन्।

उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक र ट्रक चालक भद्रपुर नगरपालिका–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.