|

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीलाई एकढिक्का बनाउन नसक्ने नेताले ठाउँ खाली गर्नुपर्ने बताएका छ्न।

 नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रवार विराटनगरमा प्रदेश १ को अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गुटका कारण पार्टी ध्वस्त हुन लागिसकेको बताउँदै पार्टी तल्लो तहदेखि नै दुई चिरा भइसकेको बताए। 'मधेसी, दलित, महिला, अल्पसङ्ख्यक सबै दुई चिरामा विभाजित छन्,'  आक्रोशित हुँदै उनले भने, 'गुट मात्रै चलाउने, पार्टीलाई दुई चिरा बनाउने र पार्टीलाई एकढिक्का बनाउन नचाहनेले अब ठाउँ खाली गरौँ।’ 

उनले पार्टीलाई एकढिक्का बनाउनतिर लाग्न उम्मेदवारहरूलाई सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.