|

काठमाडौं : यतिबेला राजधानीस्थित आर्ट काउन्सिलमा 'महिला हिंसा : गर्भदेखि चितासम्मको यात्रा' नामक चित्रकला प्रदर्शनी भइरहेको छ। 

सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनीमा जम्मा ३० वटा चित्र प्रदर्शनीमा राखिएका छन्। जसमा गर्भमा हुँदादेखि चितामा पुग्ने बेलासम्म महिलाहरूले भोग्नुपर्ने हिंसा देखाइएको छ।

प्रदर्शनीको दोस्रो दिन शुक्रबारसम्ममा सात वटा चित्र बिक्री भइसकेका छन्। 

मात्र १६ वर्षकी सुप्रियाको यो पहिलो चित्रकला प्रदर्शनी हो। सानो उमेरदेखि नै चित्रकलामा रुची राख्ने उनले १३ वर्षको हुँदादेखि नै यो शिर्षकमा चित्र बनाउन थालेको बताएकी छन्। 

'यही काठमाडौंमा जन्मे हुर्केकाले मैले त्यो कुराहरू भोग्नु परेन। महिलाहरूका त्यस्ता कथा सुन्दा यस्तो पनि हुन्छ र जस्तो लाग्थ्यो।' उनले भनिन्, 'तर, यी मेरो हजुरआमाले नै भोगेका कुराहरू हुन्। आमा बुवाको सहायता र आफ्नो रिसर्चबाट यो तयार भयो।' 

दुई वर्षमा उनले सबै चित्र तयार गरिसकेर अघिल्लो वर्ष नै प्रदर्शनी गर्ने तयारीमा उनी थिइन्। तर, कोरोनाका कारण गत वर्ष प्रदर्शनी हुन नसकेको उनले बताइन्। 

यस प्रदर्शनीबाट जम्मा भएको पैसा कर्णालीका बालबालिकाको शिक्षा, कला सामग्री, कला प्रशिक्षण तथा महिला हिंसाविरुद्धका संघसंस्थालाई सहयोग गरिने बताइएको छ। 

मंसिर १६ देखि चलेको प्रदर्शनी १८ गतेसम्म चल्नेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.