|

काठमाडौं :  १७ वर्षपछि नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ।

एक वर्षपछि विश्वकप फुटबल खेलका लागि  कतारले आप्रवासी श्रमिकको हितका लागि आफ्ना श्रम तथा अध्यागमन नीति र कानुन परिवर्तन गरे पनि नेपालसँगको श्रम सम्झौता पुरानै थियो। नेपाल–कतार संयुक्त समितिको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने विषयमा सहमति भएको हो। 

समितिको बैठकमा कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुन:एकीकरणको विषयमा छलफल भएको थियो। लामो समयदेखि कतार भिसा सेन्टर अव्यवस्थित थियो। त्यसलाई थप व्यवस्थित गर्न कतारी पक्ष सहमत भएको छ। 

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि कतारले सहमति जनाएको छ। घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेको थियो।  

यसअघि, कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो।

नेपाल र कतारबीच सम्बन्ध  स्थापना भएको करिब तीन दशक भइसकेको छ। श्रम आप्रवासन व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.