|

काठमाडौं : दिपावलीको अवसर पारेर हलमा रिलिज भएको बलिउड फिल्म 'सूर्यवंशी' ओटिटी प्लाटफर्ममा पनि रिलिज भएको छ।

विश्वव्यापी रुपमा झण्डै ३ सय करोडको कारोबार गरेको फिल्म शुक्रबार नेटफ्लिक्समा सार्वजनिक भएको हो।

यसअघि नेटफ्लिक्सले सय करोड (भारतीय रूपैयाँ)मा सूर्यवंशीको डिजिटल राइट खरिद गरेको थियो।

नेटफ्लिक्समा 'सूर्यवंशी'लाई हिन्दीबाहेक तेलुगु, तामिल, कन्नड, मलयालम र अंग्रेजी भाषामा हेर्न सकिनेछ।

'सूर्यवंशी' शुक्रबारदेखि हलमा पाँचौँ सातामा प्रवेश गरेको छ। हलमा दर्शकको उपस्थिति न्यून हुन थालेपछि फिल्मको क्रेज नसेलाउँदै नेटफ्लिक्सबाट प्रशारण सुरु गरिएको हो। 

'सूर्यवंशी' कोरोना महामारी सुरु भएपछि व्यावसायिक रुपमा सबैभन्दा सफल बलिउड फिल्म पनि हो। फिल्मले भारतबाट मात्रै १ सय ९० करोडभन्दा बढी रकम बक्स अफिसबाट कलेक्सन गरिसकेको छ।

रोहित सेट्टीको निर्देशनमा निर्मित एक्सन फिल्ममा अक्षयसँगै कट्रिना कैफको मुख्य भूमिका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.