|

विराटनगर : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार विराटनगरमा प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू अन्तिम पटक चुनावमा लड्ने र त्यसपछिका दिनहरूमा युवाहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अगाडि बढाउनुपर्ने बताएकी हुन्।

‘हामी जति पनि उपस्थित भएका छौँ‚ सबै एउटै उमेरका छौँ। यो हामी सबैको अन्तिम चुनाव हो’, उनले भनिन्, ‘अब युवालाई प्रशिक्षण दिएर सक्षम बनाएर राजनीतिमा अगाडि बढाउने आवश्यकता देख्छु।’

निर्वाचनका वेला गुट-उपगुट भए पनि निर्वाचनपछि पार्टीको नीति र विधानलाई टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘पार्टीको विधानलाई टेकेर हामीले नीति ऐन निर्माण गर्नुपर्छ, यसलाई बारम्बार परिवर्तन गर्दा र  आफ्नो सुविधाअनुसार विधान बनाउँदा पार्टी कमजोर हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.