|
तस्वीर : सुजता लिम्बु

विराटनगर : नेपाली कांग्रेसका संखुवासभा जिल्लाका निवर्तमान सभापति दिपनकुमार श्रेष्ठले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा श्रेष्ठले शुक्रबार महामन्त्रीका लागि उम्मेदवारी दिएका हुन्।

नेविसंघका पूर्व केन्द्रीय सदस्य एवम्‌ महासमिति सदस्यसमेत रहेका श्रेष्ठ जिल्लामा अध्ययनशील, प्रखर र शालीन व्यक्तिका रुपमा परिचित छन्।

विद्यार्थीकालदेखि नै राजनीतिक यात्रा शुरु गरेका उनले कांग्रेस राजनीतिमा सक्रिय रहेका छन्।

दुर्गम जिल्ला संखुवासभामा जन्मेका उनले विभिन्न राजनीतिक झमेलामा जेल जीवनसमेत बेहोरेका छन्।

निडर स्वभावका श्रेष्ठ जिल्लामा युवाका लागि आशा र भरोसाको केन्द्र मानिन्छन्।

अध्ययनको शिलशिलामा विभिन्न अवसर पाए पनि राजनीतिमा नै सक्रिय रहने निर्णय उनले गरेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.