|

रूस–युक्रेन सीमामा तनाव बढ्दो छ। यसैबीच अमेरिकी गुप्तचरले रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गर्न सक्ने खुलासा गरेका छन्। आक्रमणमा १ लाख ७५ हजार रूसी सैनिक संलग्न हुने आशंका गरिएको छ।

समाचार एजेन्सी एपीका अनुसार आधा रूसी सैनिक युक्रेनको सीमामा तैनाथ भइसकेका छन्। शुक्रबार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सांसदमा रूसको सीमामा हाल ९४ हजार ३ सय सैनिक तैनाथ भएको जानकारी दिएका छन् भने जनवरीसम्म अत्यधिक सैनिक तैनाथ हुने उल्लेख गरेका छन्।

सीमामा ड्रोन तैनाथ गरेको विरोधमा प्रदर्शन

यसअघि पनि अमेरिकी गुप्तचर निकायले आक्रमणको तयारी भइरहेको दुईपटक व्यक्त गरिसकेका छन्।

यसैबीच रूसी राष्ट्रपति पुटिनले शुक्रबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको फोन वार्ताका क्रममा युक्रेनले ड्रोन तैनाथ गरेको भन्दै आलोचना गरेका छन्। वास्तवमा यी ड्रोन टर्कीले नै बनाएका हुन्।

रूसलाई बाइडेनको चेतावनी

युक्रेनको सिमानामा रूसी ट्याङ्क तैनाथ गरेको देखिएपछि अमेरिकी गुप्तचर संस्थाले सजग गराएको थियो। यसैलाई ध्यानमा राख्दै राष्ट्रपति बाइडेनले शुक्रबार पुटिनलाई युक्रेनमा आक्रमण रोक्नुपर्ने बताए।

बाइडेनले युक्रेनको सिमानाको अवस्थालाई ध्यानमा राख्दै युरोपेली देशहरूसँग सम्पर्कमा रहेको बताए।

पुटिन-बाइडेनबीच अर्को हप्ता वार्ता

राष्ट्रपति पुटिनले अर्को हप्ता अमेरिकी राष्ट्रपतिसँग भर्चुअल बैठकमार्फत वार्ता गर्ने भएका छन्। यस क्रममा युक्रेन मुद्दामा दुई देशबीच वार्ता हुने सम्भावना छ तर बैठकको मिति भने खुलाइएको छैन।

पुटिनले गरे अस्वीकार

गत हप्ता रूसी राष्ट्रपति पुटिनले एक अन्तर्वार्तामा रूसी सेनाले युक्रेन कब्जा गर्ने रणनीति बनाएको कुरा अस्वीकार गरे। उनले रूसी सैनिक आफ्नो देशभित्र जुनसुकै ठाउँमा स्वतन्त्र रूपमा जान सक्ने बताए।

योसँगै पुटिनले अमेरिका र उसका सहयोगीहरूलाई रूसलाई कडा कदम चाल्न बाध्य नगर्न चेतावनी दिएका छन्। यसै क्रममा युक्रेनका रक्षामन्त्रीले रूस जनवरीमा आक्रमणका लागि तयार रहेको आरोप लगाएका छन्।

रूसी सैनिकले पनि सिमानामा शीतकालीन सैन्य अभ्यास सुरु गरेका छन्। रूसले पहिले नै युक्रेनलाई नेटो गठबन्धनमा समावेश नगर्न बाइडेन प्रशासनलाई आग्रह गरिसकेको छ। रूसले आक्रमण गर्नुअघि युक्रेन र नेटो गठबन्धनलाई बदनाम गर्न अफवाह फैलाएको बताइएको छ।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.