|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू राजेन्द्र लिङ्देनको विपक्षमा रहेको बताएका छन्। 

'कुन कू-तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो।' उनले सामाजिक संजालमा लेखेका छन्, 'यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।’

राप्रपाका तीन अध्यक्षमध्ये कमल थापा फेरि अध्यक्षको प्रतिष्पर्धामा छन् । अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरे पनि राणा मौन थिए। अहिले भृकुटीमण्डपमा राप्रपाको नयाँ नेतृत्व चयनका लागि चुनाव भइरहेको छ । थापा र लिङ्देन प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.