|

मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे सानो सहरमा आतंककारीले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन्।

 त्यस क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरूले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो।

तीमध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ। तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको छ।

त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरूले हिंसात्मक क्रियाकलापहरू गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन। सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.