|

काठमाडौं : नेपाली फिल्म इरर्स अफ गड (इओजी)को टिजर सार्वजनिक भएको छ। संगीत सापकोटाको लेखन तथा प्रकु पाण्डेको निर्देशन रहेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

यसै वर्ष फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ। यसको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। 

संगीत सापकोटाको कथा रहेको फिल्मको निर्माण सगुन पोखरेलले गरेकी हुन्। फिल्ममा विकाश जोशी, राज न्यौपाने र घनश्याम जोशी विष्णु, शिव र ब्रह्माको भूमिकामा देखिँदै छन्।

विकाश, राज र घनश्याम बाहेक भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

सामान्य मान्छेका रूपमा पृथ्वीलोकमा आएका भगवानको कथा फिल्ममा रहेको टिजरले संकेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.