|

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्।

राजधानीमा आज सीताले कार्यक्रम आयोजना गरी हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता ‘फेयर ब्रेक इन्भिटेशनल २०२२’ खेल्ने जानकारी गराएकी हुन्।

सीताले खेल्न लागेको ‘फेयर ब्रेक इन्भिटेशनल २०२२’ अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन्। उक्त प्रतियोगिता आगामी वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदै छ। प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ।

भारत र पाकिस्तानका चर्चित खेलाडी समेत सहभागी हुने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन। सीतालाई अन्तरराष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा.लि.ले समन्वय गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.