|

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतदान प्रक्रिया साढे ८ घण्टा ढिला गरी सुरु भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे ८ घण्टा ढिलो गरी साढे ४ बजेबाट सुरु भएको हो।

केही उम्मेदवारको नाम छुटेपछि पुनः मतपत्र छाप्नुपरेको थियो। यसले गर्दा मतदान प्रक्रियामा ढिलाइ भएको हो।

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर्फ ३ जना र सहमहामन्त्री खुलातर्फ ७ जनाको उम्मेदवारी परेको छ।

१० स्थानमा मतदान व्यवस्था गरिएको निर्वाचन संयोजक केशवप्रसाद काफ्लेले बताएका छन्। 

बिहीबारबाट हेटौंडामा सुरु भएको प्रथम अधिवेशनमा १ हजार २ सय ४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८ सय ७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १ सय ३७ जना अधिवेशन प्रतिनिधि रहेका छन्। मतदानको समय राति १० बजेसम्म तोकिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.