|

भारत र न्युजिल्यान्ड बिच जारी दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टोली बलियो अवस्थामा पुगेको छ।

पहिलो इनिङमा भारत ३२५ रनमा अलआउट भएपछि जवाफी इनिङ सुरु गरेको न्युजिल्यान्ड केवल ६२ रनमा अलआउट भयो।

यो किवी टिमको भारतविरुद्ध यो सर्वाधिक कम स्कोर हो। यसअघि २००२ मा न्युजिल्यान्ड भारतविरुद्ध ९४ रन बनाएको थियो। जुन भारतविरुद्ध सर्वाधिक कम स्कोरका रूपमा रहेको थियो।

साथै भारतीय भूमिमा टेस्टमा सर्वाधिक कम स्कोर समेत हो। १९८७ मा इन्डियामा वेस्ट इन्डिजले ७५ रनमा समेटिएको स्कोर सर्वाधिक कम स्कोरको रूपमा रहेको थियो। समग्रमा भने यो छैटौं कम स्कोर हो।

न्युजिल्यान्ड अकल्यान्डमा १९५५ मा इङल्यान्डविरुद्ध केवल २६ रनमा समेटिएको थियो। जुन उसको इतिहासकै कम स्कोर हो।

किवी टिम इङल्यान्डविरुद्ध दुईपटक र अस्ट्रेलियाविरुद्ध दुईपटक र दक्षिण अफ्रिकासँग एकपटक यो (६२) रनभन्दा कम स्कोरमा समेटिएको थियो।

दुई खेलाडीको दोहोरो स्कोर

भारतविरुद्ध न्युजिल्यान्डका केवल दुई खेलाडीले दोहोरो रनको स्कोर बनाए। दोस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको भारत भने राम्रो सुरुवात गर्दै विकेट नगुमाई ६९ रनमा अविजित छ। समग्रमा भारतले ३३२ रनको अग्रता बनाएको छ।

न्युजिल्यान्डलाई कमजोर बनाउन रविचन्द्रन आश्विनले ४ विकेट लिए भने मोहमद सिराजले ३ विकेट लिए। त्यस्तै अक्षर पटेलले २ विकेट लिँदा जयन्त यादवको नाममा १ विकेट रह्यो।

न्युजिल्यान्डका केवल २ खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए। केली जेमिसनले १७ र  कप्तान टोम लाथमले १० रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

त्यसअघि पहिलो इनिङमा भारतले मंयक अग्रवालको १५० रनको सानदार शतकीय इनिङ तथा अक्षर पटेलले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा भारत राम्रो लयमा देखिएको थियो।​

 

अजाजको १० विकेट

भारतको मुम्बईमा जन्मिएका अजाजले भारतविरुद्ध एकै इनिङमा १० विकेट लिएर सनसनीपूर्ण प्रदर्शन गरे। पटेल ८ वर्षको हुँदा उनको परिवार न्युजिल्यान्ड बसाइँ सरेको थियो। भारतमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो विदेशी बलरका रूपमा रहे।

अजाजले ११९ रन दिएर १० विकेट लिए। भारतमा कुनै पनि स्पिनरको यो सर्वाधिक उच्च स्तरको प्रदर्शन हो। यसअघि भारतविरुद्ध सन् १९७१ मा ज्याक नोरिगाको नाममा एकै इनिङमा ९ विकेट लिएको रेकर्ड थियो।

नोरिगाले ९५ रन खर्चिएर ९ विकेट लिएका थिए। साथै कुनै पनि किवी बलरले एकै टेस्ट इनिङमा गरेको यो सर्वश्रेष्ठ प्रदर्शन हो। पछिल्लो पटक १९८५ मा रेकर्ड रिचर्ड हैडलीले अस्ट्रेलियाविरुद्ध ५२ रन खर्चिएर ९ विकेट लिएका थिए।

समग्रमा एकै इनिङमा १० विकेट लिने भने उनी तेस्रो खेलाडी हुन्। यसअघि इङल्यान्डका पूर्वबलर जिम लेकरले १९५६ र भारतका पूर्वकप्तान अनिल कुम्बलेले १९९९ मा एकै इनिङमा १० विकेट लिएका थिए। उनी एकै इनिङमा १० विकेट लिने तेस्रो खेलाडी बने।

अजाज भारतमा कुनै पनि टेस्टको पहिलो इनिङमा सर्वाधिक विकेट लिने किवी स्पिनर बने। उनी अघि जीतन पटेलले २०१२ मा हैदराबाद टेस्टको पहिलो इनिङमा ४ विकेट लिएका थिए।

त्यस्तै डेनियल भिटोरीले १९९९ र २०१० मा अहमदाबाद टेस्टको पहिलो इनिङमा समान ४-४ विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.