|

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ । 

पहिलो चरणमा शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः मतदान हुने भएको हो। शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए।

सभापतिमा पहिलो हुने बानियाँले ९ सय ९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेन दास प्रधानले १ सय ९७ मत ल्याए। बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए।

नेपाली कांग्रेसको विधानअनुसार कुल मतको बहुमत  अर्थात ५१ प्रतिशत मत पाए मात्रै सभापतिमा विजयी हुने छ। तर, बागमती प्रदेशको सभापति बन्ने दौडमा रहेको तीनै जनाले बहुमत पाउन नसकेपछि आईतबार पुनः मतदान हुने जनाइएको छ। कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो।

दोस्रो चरणको निवार्चनमा सभापतिको लागि बानियाँ र केसीबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका प्रधान निर्वाचन प्रक्रियाबाट नै बाहिरिसकेका छन्।

त्यसैलै अब आईतबार बिहान ११ः३० बजेबाट हुने दोस्रो चरणको  मतदानमा बानियाँ र केसीबीच प्रतिष्पर्धा हुने  भएको हो। बानियाँ संस्थापन पक्ष अर्थात् पार्टी सभापति  देउवा  पक्षका  हुन् भने  केसी इतर समुहका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.