|

 जुम्ला : जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोत साधनले भरिपूर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन्। अवसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरू अझै पनि ओझेलमा परेको अबस्था छ।

तर पछिल्लो समय सडक सञ्जाल जोडिए सँगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको पाइन्छ। जुम्लाको अर्गानिक स्याउ एक  भएपनि यसका फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन बढाइ किसानको मनग्य  आम्दानी  बढाउनका लागि  (स्याउका चाना) जाम ,जेली ,जुस   बनाउन किसानलाई सिकाइँदै छ।

जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा पनी स्याउका परिकार  बढी रुचाउने गरेको भन्दै  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले स्याउ किसानलाई  ३ दिने   स्याउ प्रशाेधन  तालिम दिइएको  छ।

 स्याउ सिजन अफ भइसकेपछि  परिकारको व्यापार फस्टाउने भएकाले  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले ३ दिने तालिम दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका  कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत डाक्टर इश्वर सुवेदीले बताए।

उनले भने ‘समयको विकास हुदै गएपछि जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा   लिनसक्ने छन्।  स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसानलाई  व्यस्त  बनाउन आवश्यक छ।’

जुम्लामा अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको परिकार बनाउन किसान उत्साहित भएका छन्। सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटेका हुन्।

 जुम्लाका प्रमुख जिल्ला अधिकारी  विजयाकुमारी प्रसाईले  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले  दिइएका तालिम नतिजा मुखी हुन  पर्ने बताइन्। उनले  किसानलाई तालिम  भत्तामुखी नभएर  ब्यबहारमा लागु गर्न आग्रह गरिन्।

उनले  भनिन, ‘सबै जनाले  आफुले सिकेका सिप सबैलाई सिकाउन आवश्यक रहेको  छ।  अब किसान आत्मनिर्भर हुन  पर्छ।  किसान आत्मनिर्भर नभएको खण्डमा  जुम्ला आत्मा निर्भर हुन सक्दैन।’ 

तालिममा सहभागी  स्याउ किसान पनि तालिम लिएर स्याउका परिकार  बनाएर बिक्री गर्न प्रतिबद्धता जनाएका छन्। जुम्लाका स्याउका किसानलाई  स्याउका दाना बेचेर मात्रै नभइ स्याउका परिकारबाट आम्दानी सक्ने बनाउनका लागि यस्ता खालका तालिम दिइएको  प्राविधिक सहायक भरत बहादुर रोकायाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.