|

काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो। नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्।

४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्। 

७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्। सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन्।

डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले ई ग्रेड ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.