|

हेटौंडा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत  बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु कसैले पनि ५१५ पाउन नसकेपछि पुनः मतदान सुरु भएको हो। बिहान साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान ढिला गरी सुरु भएको हो। मतदान गर्ने समयसीमा साँझ ५ बजेसम्मलाई तोकिएको छ।

 सभापतिमा संस्थापन समूहबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पौडेल समूहका जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान बाहिरिएका थिए। आफू बाहिरिएपछि प्रधानले बानियाँलाई समर्थन गरेका छन्।

बागमती प्रदेशमा दुई हजार १ सय ५१ जना मतदाता रहेका छन्। अन्य पदमा शनिबार नै मतदान भइसकेको छ। गणना हुन भने बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.