|

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ।

दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानका लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्।

दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ। यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवनमा सारिएको छ।

ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएका छन्। अधिकारीले भारी उपकरण प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन्। जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.