कार्यक्रममा आएनन् पराजित कमल थापा

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथग्रहण गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथग्रहणसँगै उनीहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ।

नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ गराएका हुन्।

त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङदेनले शपथ खुवाएका थिए।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएनन्। कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.