|

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन्। 

२०० मत गन्दा केसीले सभापतिको अर्को उम्मेदवार इन्द्रबहादुर बानियाँभन्दा २६ मतले अग्रता लिएका हुन्। हालसम्म दुई सय मतगणना हुँदा केसीले एकसय १२ मत पाएका छन् भने बानियाँले ८६ मत ल्याएका छन्। एक मत भने बदर भएको जनाइएको छ। 

आइतबार भएको दोस्रो चरणको मतदानमा दुई हजार २५ मत खसेको थियो।  शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरूमध्य कसैको पनि ५१ प्रतिशत मत नआएपछी आइतबार पुनः मतदान भएको थियो।

२ हजार १ सय ५१ मतदाता रहेकोमा शनिबार २ हजार ८३ जनाले मतदान गरेका थिए। सभापतिमा ३ जना उम्मेदवार रहेकोमा एकजना शनिबारको मतदानबाट बाहिरिएसँगै आइतबार दुईजनाको लागि मतदान भएको थियो। सभापतिमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ, सस्थापन इतरबाट जगदीश्वर नरसिंह केसि र सिटौला समुहबाट भीमसेन दास प्रधानको उम्मेदवारी परेको थियो।

आइतबारको मतदानमा बानियाँले ९ सय ९२ मत , केसीले ८ सय ७२ र प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए। सबैभन्दा कम मत पाएर निर्वाचन प्रकृयाबाट बाहिरिएका प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए । नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको कुल मतको ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ । शनिबारको मतदानमा कुनैपनी उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.