|

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँज् दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.