|

विराटनगर : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको  प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्।

आज (सोमबार) बिहान  आएको अन्तिम मत परिणाममा उनी २ मतको मतान्तरले उद्वव थापासँग पराजित भएका थिए। उनी पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।

उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन्। चित्त बुझ्दो मतपरिणाम नआए पछि  पुनः मतगणना माग गरेको घिमिरेले बताए।

थापाले आठ सय ४४ मत ल्याएर कांग्रेस प्रदेश १ को सभापतिमा  विजयी भए भने घिमिरेले आठ सय ४२ मत प्राप्त गरेका छन्।

पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका थापालाई पार्टी अध्यक्ष शेरबहादुर देउवाको समर्थन थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.