|

काठमाडौं : म्यानमारमा सैनिक शासकविरुद्ध जारी शान्तिपूर्ण प्रदर्शनमा हिंस्रक दमन भएको छ। 

आर्थिक राजधानी यङ्गुनमा ब्यानर तथा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाले ट्रक कुदाएको हो। सैनिक ट्रकको चपेटामा परेर थुप्रै प्रदर्शनकारी गम्भीर घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। साथै सेनाले प्रदर्शनकारीमाथि गोली पनि चलाएको छ। 

सरकारले भने प्रदर्शनमा ११ जनालाई नियन्त्रणमा लिइएको र १ जना गम्भीर घाइते भएको दाबी गरेको छ। सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदाएको विषयमा भने केही भनेको छैन। तर उसले हुलदंगा गर्नेहरुलाई तितरवितर पारिएको जिकिर गरेको छ।

गत फेब्रुअरीमा सैनिकले निर्वाचित सरकार कब्जा गरेर शासन हातमा लिएपछि त्यहाँ निरन्तर प्रदर्शनहरु जारी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जारी प्रदर्शनमा हालसम्म १ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.