|

मुम्बईमा जारी न्युजिल्यान्ड र भारतबीचको दोस्रो टेष्टमा भारतले न्युजिल्यान्डलाई ३७२ रनले पराजित गरेको छ। चौथो दिनको खेलको सुरुवातमै भारतले किवी टिमलाई क्रिजमा ४५ मिनेट पनि टिक्न दिएन।

दोस्रो टेष्टमा भारतले न्युजिल्यान्डसामु ५४० रनको विजयी लक्ष्य राखेको थियो। तर, किवी टिम सिर्फ १६७ रनमा आउट भयो। टेष्ट क्रिकेटमा रनको हिसाबले भारतको यो सर्वाधिक फराकिलो जित हो।

जितसँगै भारतले सिरिज १-० ले जितेको छ। यसअघि भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो।

तेस्रो दिन न्युजिल्याडले ५ विकेट गुमाएर १४० रनको अवस्थामा दिनको खेल सकिएको थियो। तर, चौथो दिन न्युजिल्यान्डले थप २७ रन जोड्दा आफ्ना सम्पुर्ण विकेट गुमायो।

सोमबार भारतको जितमा जयन्त यादव नायक सावित भए।उनी एक्लैले ४ विकेट लिंदा अर्को एक विकेट रविचन्द्रन आश्विनले लिए। उनले तेस्रो दिन तीन विकेट लिएका थिए।

भारतका कप्तानका रुपमा विराटको यो ३९औँ जित हो। वानखडे मैदानमा भारतीय टिमको यो लगातार तेस्रो जित हो। भारतीय भूमिमा न्युजिल्यान्डविरुद्ध भारतको यो ८ खेलमा सातौँ जितसमेत हो। घरेलु भूमिमा न्युजिल्यान्डविरुद्ध कप्तान कोहलीको यो लगातार चौथो जित तथा घरमानै भारतको यो लगातार १४औँ सिरिजसमेत हो।

चौथो दिन न्युजिल्यान्डको सुरुआत निकै खराव रह्यो।जयन्त यादवले रचिन रवीन्द्रलाई १८ रनको अवस्थामा विकेट लिँदै भारतलाई सफल्ताको सुरुवात दिलाएका थिए।त्यसपछि न्युजिल्यान्ड खेलमा फर्कन सकेन। किबी टिम चौथो दिन ४५ मिनेट पनि क्रिजमा टिक्न सकेन्। भारतका लागि रविचन्द्रन आश्विन र जयन्त यादवले समान ४-४ विकेट लिंदा अक्षर पटेलले १ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.