|

काठमाडौं : अल्लु अर्जुन अभिनित तेलुगु फिल्म 'पुष्पाः द राइज' को ट्रेलर सार्वजनिक भएको छ। सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्धना मुख्य भूमिकामा देखिँदै छिन्।

फिल्ममा अर्जुन र रश्मिकाबाहेक फहाद फासिल, जगपति बाबु, प्रकाश राज, धनन्जय, सुनील वर्मालगायत कलाकारको पनि अभिनय छ।

२ सय ५० करोड (भारतीय रूपैयाँ) भन्दा बढी लगानी रहेको फिल्मलाई नवीन यरनानी र वाई रवि शंकरले निर्माण गरेका हुन्।

रक्तचन्दन तस्करीको कथामा आधारित फिल्ममा अर्जुन केन्द्रीय पात्र पुष्पाराजको भूमिकामा देखिँदै छन्।

बहुप्रतिक्षित मानिएको 'पुष्पा'को लागि अर्जुनले २ वर्षभन्दा बढी समय दिएका थिए। यसपछि 'पुष्पाः भाग २' सन् २०२३ मा प्रदर्शन गर्ने गरी तयारी थालिएको छ।

१७ डिसेम्बरदेखि विश्वभर हल रिलिज हुन लागेको फिल्म नेपालमा भने सोही दिन हुने नहुनेमा विवाद रहेको छ।

सोही दिन अर्को नेपाली फिल्म 'चपली हाइट ३' पनि प्रदर्शन हुन लागेकाले सोही दिन पुष्पा प्रदर्शन गर्ने नगर्ने विषयमा विवाद भएको हो।

'चपली हाइट ३' निर्माता अर्जुन कुमारले 'पुष्पा' सोही दिन नेपालमा प्रदर्शनमा आउने भयो भने आफ्नो फिल्म प्रदर्शन नगर्ने बताएका छन्।

यो अवस्थामा विदेशी फिल्मलाई नेपाली फिल्मसँग जुधाउनु नेपाली फिल्म उद्योगको लागि हानिकारक हुने उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.