|

इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

ज्वालामुखी विस्फोटमा अरु १७ जना हराइरहेका स्थानीय  सञ्चारमाध्यमले जनाएका छन्।

इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा गत शनिबार लुमाजाङ जिल्लामा ज्वालामुखी विस्फोट भएको थियो।

उनीहरू भाग्ने क्रममा ज्वालामुखीको खरानीले गर्दा मृत्यु भएको बताइएको छ। प्रभावित क्षेत्रबाट करिब ३ हजार ७ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ।

ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरू र ध्वस्त भएका सवारीसाधनहरूमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन्।

खोजी टोलीले मंगलबार उद्धारमा सघाउन गर्न कुकुर पनि उपयोग गरिएको थियो।

राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले अझै पनि १७ जना हराइरहेको जानकारी दिए।

समयानुसार शनिबार दिउँसो ३ बजेर १० मिनेट ३ हजार ६ सय ७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.