|

काठमाडौं : पोखराको गन्धर्व नाटकघरमा नाटक 'चरणदास चोर' फेरि मञ्चन हुने भएको छ।

मंसिर १ देखि १४ गतेसम्म चलेको नाटक दर्शकको अनुरोधमा मंसिर २२ देखि २५ गतेसम्म फेरि मञ्चन हुने भएको हो।

भारतीय नाटककार, कवि तथा अभिनेता हबिब तनवीरको नाटक 'चरणदास चोर'लाई आशान्त शर्माले अनुवाद गरेका हुन्।

रेनेसा थिएटरको प्रस्तुति रहेको नाटक निश्चल विमलको निर्देशनमा तयार भएको हो।

हबिबले सन् १९७५ ताका लेखेको नाटकमा चरणदास नामको एउटा चोरको कथा छ, जो आफ्नो सिद्धान्तमा अडिग रहन्छ।

उक्त नाटक हबिबले राजस्थानी लोक कथामा आधारित रहेर लेखेका थिए।

श्याम बेनेगलको निर्देशनमा 'चरणदास चोर' फिल्म पनि बनिसकेको छ भने नेपाल, भारत, बंगलादेशका विभिन्न ठाउँमा फरक-फरक भाषामा यो नाटक मञ्चन भइरहेको हुन्छ। 

'चरणदास चोर'को मञ्चनसँगै पोखरामा नाटकको माहोल बनेको छ।

दर्शकको उत्साहजनक उपस्थितिका साथ मञ्चन भएको नाटक दर्शकको मागका कारण फेरि मञ्चन हुन लागेको निर्माण टोलीले जनाएको छ।

नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाललगायत कलाकारको अभिनय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.