|

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ८ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट २ जनाको मृत्यु भएको छ। 

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ जना पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, ३ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.