|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ रामनगरस्थित श्रीकृष्ण आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी गरी ३ जनामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द गरिएको छ।

२ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना संक्रमण देखा परेपछि विद्यालय बन्द गरिएको हो। शिक्षकलाई ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आएपछि स्कुल बन्द गरिएको प्रधानाध्यापक दिपक भट्टले बताए।

‘सोमबार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीकी आमाको कोरोना जाँच गराउँदा नतिजा पोजेटिभ आएको छ,’ उनले भने, ‘अन्य विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण हुन नदिन सोमबारदेखि विद्यालय बन्द गरेका छौं।’

विद्यालयका ८ जना शिक्षकको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनले बताए।

आइतबार शुक्लाफाँटा-४ स्थित अस्थायी कोभिड अस्पताल पिपलाडीमा विद्यार्थी र शिक्षकको कोरोना परीक्षण गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.