|

बिबिसीले सन् २०२१ को सबैभन्दा प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ। समाज र संस्कृतिलगायत आफ्नो क्षेत्रबाट परिवर्तनका नयाँ आयाम थप्न कोसिस गरिरहेका महिलाको सूची सार्वजनिक गरेको हो।

जसमा आधा भन्दा बढि अफगानिस्तानी महिला रहेका छन्।  बिबिसीले सुरक्षाका कारण उनीहरूको वास्तविक नाम र तस्वीर प्रकाशित गरेको छैन।

तालिवानले सन् २०२१ मा अफगानिस्तान फर्किने क्रममा लाखौं अफगान महिलाको जीवन पूरै परिवर्तन गरेको छ। तालिबान शासनले पनि केटीहरूका लागि उच्च माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ। महिला मामिला मन्त्रालय बन्द गरिएको छ र धेरैजसो अवस्थामा महिलालाई काममा आउन अस्वीकार गरिएको छ। यी महिलाहरूको मनोबल र उपलब्धिको उत्सव मनाउन बिबिसीले सूचीमा राखेको छ।

यस वर्ष सूचीमा परेका महिलाहरूमा सबैभन्दा कान्छी नोबेल पुरस्कार विजेता मलाला युसाफजाई, समोआकी प्रथम महिला प्रधानमन्त्री फियाम नाओमी माटाफा, भ्याक्सिन कन्फिडेन्स प्रोजेक्ट परियोजना प्रमुख प्राध्यापक हेडी जे लार्सन र प्रख्यात लेखक चिममान्डा नागोजी अडिची छन्।

सूचीमा यसपटक दुईजना भारतीय महिला रहेका छन्। एकजना मञ्जुला प्रदीप र अर्कोमा मुग्धा कालरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.