काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन उत्साह, एकता र रुपान्तरण सफल बनाऔँ’ भन्ने नारासाथ यही मङ्सिर २४ देखि २७ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ।
यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रिय समिति बनाउनेछ। कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुनेछन्।
कांग्रेसको संसोधित विधान अनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेदवार बन्ने तर सबै केन्द्रिय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन्। तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ।
महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय सदस्य मध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ।
१४ औं महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रिय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रिय समितिले थप ३३ जना केन्द्रिय समिति मनोनयन गने व्यवस्था विधानमा छ।
केन्द्रिय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरि २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, खस आर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारूबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिनेछन्।
कांग्रेसले यसपटक महाधिवेशनका लागि प्रतिनिधि छनोटमा पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गरेको छ। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।