|

काठमाडौं : शुक्रबारदेखि हलमा बलिउड फिल्म 'चंडिगढ करे आशिकी' प्रदर्शन भइरहेको छ। अभिशेख कपूरको निर्देशनमा बनेको रोमान्टिक ड्रामा फिल्ममा आयुष्मान खुराना र वाणी कपूर मुख्य भूमिकामा देखिएका छन्। 

निर्देशक कपूरकै कथामा बनेको फिल्मले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। कपूरको निर्देशनमा बनेको यो सातौँ फिल्म हो। 

सन २००६ को फिल्म 'आर्यनः अनब्रेकेवल'बाट फिल्म निर्देशन सुरु गरेका उनले 'रक अन', 'काइ पो चे', 'केदारनाथ' जस्ता फिल्म लेखन तथा निर्देशन गरिसकेका छन्। 

'विक्की डोनर'बाट फिल्ममा प्रवेश गरेका आयुष्मान बलिउडका लोकप्रिय अभिनेता मध्येमा पर्छन्। उनका 'दम लगाके हैँसा', 'अन्धाधुन', 'आर्टिकल १५', 'बधाई हो', 'बाला', 'गुलाबो सितावो' लगायतका फिल्म चर्चित छन्। 

त्यस्तै 'शुद्ध देशी रोमान्स'बाट बलिउड प्रवेश गरेकी वाणी अभिनित 'वार' र 'बेल बटम' प्रदर्शनमा आइसकेका छन्। आयुष्मान र वाणी सँगै देखिएको यो पहिलो फिल्म हो।

'चंडिगढ करे आशिकी' बाहेक यतिवेला हलमा 'तडप' र 'अन्तिम' पनि प्रदर्शन भइरहेका छन्। सलमान खानको अन्तिम तेस्रो हप्तामा प्रवेश गरेको छ भने सुनिल सेट्टीका छोरा आहानको डेब्यु फिल्म 'तडप' दोस्रो हप्तामा प्रवेश गरेको छ। 

नयाँ फिल्म प्रदर्शनमा आएसँगै बाँकी फिल्मको शो घटेको छ। यतिवेला मल्टिप्लेक्समा कुनै नेपाली फिल्म भने प्रदर्शन भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.