|

काठमाडौं : मिस नेपाल २०२० नम्रता श्रेष्ठ मिस वर्ल्डको उत्कृष्ट ३० मा पर्न सफल भएकी छिन्। पुएर्टो रिकोमा जारी प्रतियोगिताको दोस्रो राउण्डमा (हेड टु हेड च्यालेन्ज) मा मिस इन्डोनेसियालाई हराउँदै नम्रता उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन्।

उत्कृष्ट ३० मा अहिलेसम्म नेपालसहित क्यामरुन‚ बोत्स्वाना, निकारागुवा, पाराग्वे, फिलिपिन्स  र भेनेजुएला गरी आठ देश प्रवेश गरेका छन्। सबै देश हेड टु हेड च्यालेन्जमा आफ्ना प्रतिस्पर्धीलाई हराउँदै तेस्रो राउण्डमा प्रवेश गरेका हुन्। 

यसअघि पहिलो राउण्डबाट भोटका आधारमा नम्रता दोस्रो राउण्डमा प्रवेश गरेकी थिइन्। तेस्रो राउण्डबाट छानिएका प्रतिस्पर्धी उत्कृष्ट १२ मा प्रवेश गर्नेछन्।

त्यसपछि उत्कृष्ट ५ को चयन हुनेछ जहाँबाट प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने प्रतिस्पर्धीको नाम सार्वजनिक गरिनेछ। 

मिस वर्ल्डको फाइनल आउँदो डिसेम्बर १६ मा हुनेछ। 

यसअघिको मिस वर्ल्ड २०१९ मिस जमैका टोनी आन सिंहले जितेकी थिइन्। उक्त प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन्। 

त्यो बाहेक उनले ब्युटि विद अ पर्पस र मल्टिमिडिया अवार्ड पनि हात पारेकी थिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.