ओमिक्रोन शंकास्पद ७ सय ५० जनामा जिन सिक्वेन्सिङ गर्दा सबै नेगेटिभ

|

काठमाडौं : नेपालमा ओमिक्रोन भेरिएन्ट देखिएका २ जना विदेशी संक्रमणमुक्त भएका छन्।

पछिल्लो पटक परीक्षण गर्दा उनीहरू संक्रमणमुक्त भएका हुन्।

दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरूमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई स्वदेश फर्कन अनुमतिसमेत दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडलले बताए।

‘पछिल्लो पटक दुईपल्टसम्म परीक्षण गर्दा पनि उहाँहरूलाई कोरोना नेगेटिभ देखिएको छ, उहाँहरूमा खासै लक्षण थिएन,’ उनले भने।

 ६६ र ७१ वर्षीय ती दुई विदेशीको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

‘उनीहरू होटलको क्वारेन्टिनमा थिए, स्वास्थ्य अवस्था सामान्य थियो। उनीहरूबाट लिइएको नमूनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको थियो।

ओमिक्रोन शंकास्पद ७ सय ५० जनाकै जिन सिक्वेन्सिङ नेगेटिभ

नेपालमा ओमिक्रोन पृष्टि भएदेखि आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म ७ सय ५० वटा जिन सिक्वेन्सिङ गर्दा सबै नेगेटिभ आएको समेत डा पौडेलले बताए।

ओमिक्रोन भेरिएन्ट पत्ता लगाउन ७ सय ५० जनै कोभिड–पोजिटिभ आएकाको ‘एस जिन’ परीक्षण गर्दा सबैमा एस जिन फेला नपरेकाले ओमिक्रोन नदेखिएको डा पौडेलले बताए।

‘हामीले विभिन्न नाका तथा अन्य ठाउँमा ओमिक्रोनको शंकास्पद ७ सय पोजेटिभ केसको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन नेगेटिभ आएको छ,’ उनले भने।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि जिन सिक्वेन्सिङ गर्ने स्याम्पल बढाइएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रवक्ता राजेशकुमार गुप्ताले बताए।

उनका अनुसार नेपालमा कोरोना पोजेटिभ आएकामा ओमिक्रोन भेरिएन्ट पत्ता लगाउन ‘एस जिन’ भए नभएको परीक्षण टेकुस्थित  जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुने हुँदा पनि पछिल्लो समय सीमा क्षेत्रमा पोजेटिभ देखिएकाहरूको जिन सिक्वेन्सिङ गर्नको लागि स्याम्पल पठाउने क्रम बढेको समेत बताए।

उनका अनुसार जिन सिक्वेन्सिङको रिपोर्ट आउन एक साता लाग्नेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.