|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर मतदान भइरहेको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान चलिरहेको हो । 

मतदान सुरु भएदेखि नै सभापतिका दुई  उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागिरहेका छन्। 

राष्ट्रिय सभागृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले हात जोडेर आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । 

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्रतिशत बढी मत नल्याएपछि  पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएको हो ।

मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। 
 
पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले १ हजार ७ सय २ मत प्राप्त गरे। 

पहिलो चरणको मतदानमा तेस्रो भएका प्रकाशमान सिंह र चौथो भएका विमलेन्द्र निधिले अहिले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन्।

हेरौं मतदानस्थलका केही तस्वीर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.