|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ। बुधबार महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।

कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए।

शर्माले भने‚ ‘केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो। त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहर मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ।’

पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो।

मंसिर २४ गतेदेखि शुरु भएको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबार सकिएको छ। सभापतिबाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भने बाँकी छ। सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.