|

काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। 

केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणाअनुसार थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्।

त्यस्तै, प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदीप पौडेलले १ हजार ३ सय ९३ डा. मीनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्। 

जितनजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेर मतदाताहरूलाई धन्यवाद दिएका छन्। पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.