|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री पदमा निर्वाचित गगन थापा  मतगणना सकिएपछि पार्टी कार्यालय पुगे। 

पार्टी कार्यालय सानेपामा गगन पुग्नुअघि नै कार्यकर्ता भेला भएका थिए । उनीहरुले गगन थापा र विश्वप्रकाशको जितलाई कांग्रेसभित्रको क्रान्तिका रुपमा लिएका छन्। 
थापाले अब पार्टी रुपान्तरण प्रक्रियामा अघि बढेको र आफूलाई मतदाताले गरेको विश्वस टुट्न नदिने पनि बताए। 

पदाधिकारीमा अहिलेसम्मकै सर्वाधिक मत ल्याएर विजयी भएका थापाले आगामी चुनावलाई पहिलो पार्टी बनाउन आफ्नो भूमिका हुने बताएका छन्। 

उनले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन पनि पहल गर्ने बताए। 

थापाले कूल खसेको ४ हजार ६ सय ८२ मतमध्ये ३ हजार २३ मत प्राप्त गरेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.