|

काठमाडाै‌ : नेकपा माओवादी केन्द्रले आज देशभरका ७ सय ४४ ओटै स्थानीय तहमा उम्मेदवार घोषणासभा गरिरहेको छ। ३१ चैतमा बसेको माओवादी हेडक्वाटर बैठकले देशैभरका स्थानीय तहमा वैशाख ९ गते आजैका दिन उम्मेदवार छनोट गर्ने र प्रतिवद्धता पत्र घोषणा गर्ने निर्णय गरेको थियो।

काठमाडौंका १० नगरपालिकामा माओवादी केन्द्रका विभिन्न बक्ताहरुले सम्बोधन गर्नेछन्। टोखा नगरपालिकामा माओवादी हेडक्वाटर सदस्य तथा उपत्यका इन्चार्ज हितमान शाक्य, बूढानीलकण्ठ नगरपालिकामा हेडक्वाटर सदस्य आहुती र नार्गाजुन नगरपालिकामा अर्का हेडक्वाटर सदस्य मणि थापा लगायतले सम्बोधन गर्नेछन्। 

शंकरापुर नगरपालिकामा उपत्यका संयोजक तथा सचिवालय सदस्य झक्कुप्रसाद सुवेदी 'अधिकार', तारकेश्वर नगरपालिकामा काठमाडौं इन्चार्ज लेखनाथ न्यौपाने,कीर्तिपुर नगरपालिकामा दिलीप महर्जन, चन्द्रगिरि नगरपालिकामा अञ्जना बिसङ्ख्य,दक्षिणकाली नगरपालिकामा अमृता थापा मगर लगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र गोकणेश्वर नगारपालिकामा हुने सभालाई भने सम्बन्धित वडाका इन्चार्जहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको झक्कुप्रसाद सुवेदी अधिकारले थाहा खबरलाई जानकारी दिए।

त्यसैगरी, माओवादी नेत्री तथा प्रवक्ता पम्फा भुसालले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा हुने सभालाई सम्बोधन गर्दैछिन्। उर्जामन्त्री रहेका अर्का हेडक्वाटर सदस्य जनार्दन शर्मा प्रभाकरले सुर्खेतको भेरी गंगा नगरपालिकामा हुने स्थानीय तहको सभालाई सम्वोधन गर्दैछन्। भक्तपुर नगरपालिकाको वौद्धगोपालमा हुन लागेको सभालाई नेताहरु डिपी ढकाल र दिवाकर लगायतले सम्बोधन गर्ने पत्रकार अगिव बनेपालीले जानकारी दिए। 

उता दाङ जिल्लाका दश ठाउँमा उम्मेदवार घोषणा सभा हुँदैछ। सबै सभालाई सम्बोधन गर्न केन्द्रीय प्रतिनिधि सम्बन्धिभत ठाँउमा पुगिसकेका छन्। जसअनुसार घोराहीमा पूर्व-सामान्य प्रशासन मन्त्री रेखा शर्मा, तुलसीपुरमा नेता जगप्रसाद शर्मा, सिसहनियाँमा नारायणी शर्मा, गढवामा दामा शर्मा, जंग्रहवामा लीला शर्मा, लमहीमा इन्द्रजित चौधरी कमिरेचौरमा सुवास पुन, शान्तिनगरमा कुवेर ओली, दंगी शरणमा हेमराज शर्मा र हापुरेमा हुने सभालाई निर्मल आचार्यले सम्बोधन गर्ने दाङका पत्रकार नरेन्द्र केसीले जानकारी दिए।

काभ्रेको भुम्लु गाउँपालिकामा उम्मेदवार घोषणा गर्ने र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम भइरहेको त्यहाँबाट क्रान्ति दोङले जानकारी दिएका छन्।स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि गाउँगाउँबट राता तुल र ब्यानर बोकेर जनता कार्यक्रमस्थलमा जुटिरहेको दोङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.