|

जाजरकोट : यतिबेला देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको तापक्रम शनिबार २ डिग्री सेल्सियसमा झरेको छ। त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मनाङ मुस्ताङ जस्ता हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्न थालेको छ।

बाक्लो हिउँबीच पनि आफ्नो घर-व्‍यवहार तथा भेडा-च्याङ्ग्रा चरिचरण गर्न लैजानु यहाँका स्थानीयको दैनिकी नै हुने गर्छ। उपल्लो डोल्पामा पशुपालन व्यवसाय नै मुख्य पेसा हो। च्याङग्राको मद्धतबाट यहाँका सर्वसाधारणहरू ढुवानीसमेत गर्दछन्। यतिबेला उपल्लो डोल्पामा चिसो र बाक्लो हिउँ परेको छ। यहाँका स्थानीयबासी बाक्लो कपडा तथा ताता खानेकुराहरूसहित कष्टसाथ जीविका गर्छन्।

पाटन चरिचरण क्षेत्रबाट दिनभर चरिचरण गरेर बेलुकी ‘धो’ गाउँ उपल्लो डोल्पामा फर्कंदै गरेका च्याङग्राहरूको केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.