|

विराटनगर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमादेखि सुरु हुने किराँत समुदायको उँधौली पर्व विराटनगरमा पनि धुमधमाका साथ मनाउँदैछन्।

सुनुवार, राई, लिम्बू, याख्खा जातिले मनाउने यो उत्सव किराँत राई यायोख्खा साथै किराँत याक्थुङ चुम्लुङले विराटनगर–११ स्थित साकेला थानमा संयुक्तरुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उँधौली पर्व मनाएका हुन्।

आजको दिनलाई किराँत समुदायले अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा पनि लिने गर्दछन्।

मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाई सर्ने समय भएकाले पनि उँधौली पर्वलाई विशेषतः हिमाल, पहाड र तराईको  मौसमी नाता राख्ने पर्वको रुपमा पनि लिने गर्दछन्।

विभिन्न जाति र समुदायअनुसार फरक अर्थले परिचय दिएको उँधौली पर्वलाई लिम्बु समुदायले चासोक तङनाम, किराँत राई समुदायले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.