|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बल्खुस्थित परीक्षा नियन्त्रणको कार्यलयमा दीक्षान्त समारोह भएको हो।

२०७७ असार १ देखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित हुन लागेका हुन्। सहभागी २९ हजार ७२९ मध्ये साधारणतर्फ २३ हजार ८४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८८१ विद्यार्थी रहेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.